IME Life New

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, ९.५ प्रतिशत लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंकले ९ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकको आज बसेको १२ औँ साधारण सभाले चुक्ता पूँजीको ८ प्रतिशत नगद र १ दशमलव ५ प्रतिशत बोनस सेयर गरी कुल ९ दशमलव ५ प्रतिशत लाभांश पारित गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्थातथा चालु आर्थिक वर्ष २०७५/ ०७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावीकार्य योजना समेत प्रस्तुत गरे ।

Esewa
Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दे यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापति गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५ सय १९ रुपैयाँ छ । बोनस वितरणपछि २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३ सय ५१ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS