काठमाडौं । डा. युवराज खतिवडा संघिय सरकारको प्रथम अर्थमन्त्री बनेका छन । उनलाई आजै अर्थमन्त्रीको रुपमा सपथग्रहण गराइनेछ । अर्थमन्त्री बनाउनकै लागि खतिवडालाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको थियो । तर सर्वाेच्च अदालतले राष्ट्रिय सभा सदस्यको सपथ भने नगराउन अन्तरिम आदेश दिएको छ । संघिय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री बनाउँदा ६ महिना भित्र संघिय संसदका सदस्य बनाउनुपर्ने सबैधानिक व्यवस्था रहेको छ ।
खतिवडासँग अर्थतन्त्रको विषयगत ज्ञानका साथै दातृ निकायसँग पनि राम्रो सम्बन्ध छ। अर्थतन्त्र अप्ठेरो मोडमा रहेका बेला उनको नियुक्तिले अर्थतन्त्रलाई ‘लिक’ मा ल्याउन सहज हुने र विकास निर्माणका लागि आवश्यक पर्ने पर्याप्त स्रोत जुटाउन सहज हुने ओलीको अनुमान छ। राष्ट्रपतिबाट मनोनित भएपनि अदालतको अन्तरिम आदेशका कारण राष्ट्रिय सभा सदस्यको सपथ लिन रोक लगाइएका खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नरदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका छन्।
डा. खतिवडा मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि हुन्। उनले सन् १९९१ मा दिल्ली स्कुल अफ इकोनोमिक्सबाट विद्यावारिधि गरेका हुन्। उनी सन् २००९ मै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसका थिए। त्यसपछि उनी राष्ट्र बैंकको गभर्नर नियुक्त भए। राष्ट्र बैंकबाट अवकाश भएपछि केही समयमै फेरि योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए। योजना आयोगमा उनी राष्ट्र बैंकको कार्यकारी निर्देशक छँदै सन् २००२ मा सदस्यका रुपमा नियुक्त भएका थिए।
खतिवडालाई निजी क्षेत्रले खरो अर्थशास्त्रीका रुपमा लिने गर्छ। सर्वसाधारणसँग जोडिने सबै क्षेत्र बलियो नियमनमा बस्नु पर्छ भन्ने मान्यता राख्ने खतिवडाले घरजग्गामा अधिक ऋण प्रवाह भएका कारण ‘लिक’ वाहिर गइसकेको अर्थतन्त्रलाई ट्र्याकमा ल्याएका थिए। बलियो नियमनमा बसेर उचित मुनाफा मात्र लिनु पर्छ भन्ने मान्यता खतिवडाको रहेको हुँदा उनीसँग खेलोफड्को गर्ने शेयर तथा घरजग्गा कारोबारीहरु डराउँछन्।
डा. खतिवडाबाट बिमा ब्यबसायले पनि ठुलो आशा राखेको बुझिन्छ बिमा ब्यबसाय पनि अर्थतन्त्रको एउटा पाटो भएको कारणले नया अर्थमन्त्रिले बिमा ब्यबसाय प्रतिको धारणा कस्तो राक्छन हेर्न बाँकिछ, तथापी आयकर ऐन २०५८, अनुसारको बिमा प्रिमियम रकममा रु २०००० सम्मको आयकर छुटको दाएरा १८ वर्ष सम्म पनि परिबर्तन नहुनु, बिमा सचेतनाको कामहरु अगाडी नबढ्नु, राष्ट्रिय महत्वको आयोजनाहरुको अनिबार्य बिमाको व्यवस्था नहुनु, अर्थतन्त्र संगको बिमा ब्यबसायको महतो व्यवसायिले नबुझ्ने र सरकारले बिमा ब्यबसायको समस्याहरु समयमा समाधान नगर्नु इत्यादी कुराहरुको सम्बोधन हुनु पर्ने कुरामा बिमा व्यवसायिले आशा गरेको बुझ्न सकिन्छ!
बिमा ब्यबसायले अर्थतन्त्रमा ठुलो टेवा दिए पनि नेपाली बिमाबजार विश्वस्तर अनुसार सर्बसाधारणको पौचमा पुग्न सकेकोछैन अब नया संघिय सरकारका प्रथम अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा ब्यबसायलाई सर्बसाधारणको पौच सम्म पुग्ने गरि नीति-नियम बनाउनु पर्ने देखिन्छ, नया अर्थमन्त्री संगै नया संघिय संरचना अनुसार बिमा ब्यबसायको विस्तार होस् र सर्बसाधारणले आफ्नो आर्थिक जोखिमको न्यूनीकरण गर्न सफल हुन् हाम्रो शुभकामना !!!