IME Life New

धादिङको गल्छी र गजुरीमा एनआईशी एशिया बैंकको शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शाखा संजाल तथा ब्यबसायको हिसाबले नेपालको सबै भन्दा ठुलो बैंक एनआईसी एशिया बैंकले धादिङको गल्छी र गजुरी गाँउपालिकामा शाखा विस्तार गरेको छ। दुई गाँउपालिकामा एकै साथ बैंकको शाखा विस्तार गरिएको हो ।

गल्छी गाँउपालिका प्रमुख कृष्णहरि श्रेष्ठ र गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम वस्नेतले बैंकको शाखा उद्घाटन गरेका थिए।
मुलुकभर २३४ शाखा रहेको यस बैंकको २२४ वटा एटिएम काउन्टरहरु संचालनमा रहेका छन् ।बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ । कुल निक्षेप करिब रू. १४९ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । त्यस्तै, कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS