IME Life New

स्वास्थ्य बीमाका लागि बजेट बढ्यो तर भएन खर्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमका लागि सरकारले बजेट रकम बढाए पनि खर्च भने हुन सकेको छैन । प्रत्येक बर्ष सरकारले कार्यक्रमका लागि बजेट बढाउँदै लगेको छ । तर, तुलनात्मक रुपमा खर्च भने बढ्न सकेको छैन । बोर्डको योजना अनुसार कार्यक्रम सञ्चालन हुन नसक्दा विनियोजन गरेको रकम खर्च गर्न सकेको छैन ।

आव २०७१/७२ मा सरकारले ५० करोड रुपैयाँ रकम बिनियोजन गरेको थियो । तर, उक्त बर्ष बोर्डले ७१ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको बोर्डको तथ्यांकमा छ ।

Esewa
Crest

आव २०७२/७३ मा सरकारले ५० करोड रुपैयाँ विनोजन गरेको थियो । उक्त बर्ष भने ३ करोड ३८ लाख रुपैयाँ खर्च भएको थियो । आव २०७३/७४ मा २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त बर्ष पनि बोर्डले अनुमानित ४० करोड रुपैयाँ मात्र खर्च गर्न सकेको थियो । फलस्वरुप आव २०७४/७५ मा सरकारले बजेट घटाएर २ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको थियो । उक्त आवमा करिब १ अर्ब १७ करोड खर्च भएको तथ्यांकले देखाएको छ ।

चालु आवको लागी बोर्डले ८ अर्ब रुपैयाँको माग गरेकोमा सरकारले ६ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको बोर्डले बताएको छ । जसमध्ये ५ अर्ब ५० करोड सेवाप्रदायकलाई जाने बोर्डले बताएको छ । तर, बर्षको अन्तिमसम्ममा करिब ३ अर्ब जति खर्च हुने बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक, भुवन पौडेलले बताए ।

आगामी आबको लागि पनि सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

प्रति बीमितको आकर्षण घटिरहेको बेला कार्यक्रमको बजेट रकम भने सरकारले बढाएको छ । चालु आर्थिक बर्ष २०७५/७६ का लागी सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा करिब ४ गुणाले बढी हो ।

साढे १२ लाखले गरे स्वास्थ्य बीमा

स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार गत महिनासम्ममा १६ लाख ३६ हजार ७८० व्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जसमध्ये महिलाको संख्या ८ लाख ६० हजार ४३९ छ भने पुरुषको संख्या ७ लाख ७६ हजार ३४१ छ ।

४६ जिल्लामा पुग्यो स्वास्थ्य बीमा

सरकारले हालसम्म ४६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । २०७२ चैत्र २५ गते कैलालीबाट कार्यक्रमको सुरुवात भएको थियो । २०७३ असार १५ सम्ममा बाग्लुङ्ग र इलामबाट पनि कार्यक्रमको सुरुवात गरियो । २०७३ पुसमा अछाम, बैतडी, कास्की, पाल्पा, म्याग्दी पनि विस्तार गरियो भने २०७४ असारमा भक्तपुर, गोर्खा, तनहुँ, चिवतन, जुम्ला, जाजरकोट र मकवानपुर पनि बीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS