IME Life New

एनआईसी एशिया बैंक र युनियन लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शाखा संजाल तथा ब्यबसायको हिसाबले नेपालको सबै भन्दा ठुलो बैंक एनआईसी एशिया बैंक लिमिटेड र पछिल्लो समय बीमा क्षेत्रको आक्रामक कम्पनी युनियन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कायम-मुकायम प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र युनियन लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन्।

एनआईसी एशिया बैंकले हाल २३३ शाखा कार्यालयहरु, २२२ एटिएम संजाल, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरुले बैंकको २३३ वटै शाखामार्फत युनियन लाईफको जिवन बिमा पोलिसी, प्रिमियम भुक्तानी गर्न, बीमा योजनाहरुको बारेमा बुझ्न सक्नेछन्।

Esewa
Crest

जीवन बीमा ब्यवसायको माध्यमबाट देशभर छरिएर रहेकोे आर्थिक श्रोत र साधनलाई जीवनबीमा शुल्कका रुपमा संकलन गरी देशको आर्थिक बिकासमा योगदान पुर्याउने र समग्र नेपालीहरुको आर्थिक जीवनस्तर सुदृढ तुल्याउने अभिप्रायले स्थापित युनियन लाईफ इन्स्योरेन्स युनियन लाईफ इन्स्योरेन्स पछिल्लो समयमा संचालनमा आएका जिबन बीमा कम्पनीहरु मध्ये पहिलो नम्बरमा रहेको छ। कम्पनीले बीमा पहुँच अभिवृद्धि हुने तथा बीमा बजारको माग र आवश्यकता अनुसारको हुने नयाँ योजना ल्याउने र बीमा बजारमा स्थापित हुने लक्ष्य लिएको छ।

कम्पनीले गत आर्थिक वर्ष करिब ८५ करोडको हाराहारीमा ब्यबसाय गरेको छ भने कम्पनीले हाल विभिन्न १० किसिमका जिबन बीमा कम्पनीहरु संचालन गरेको छ भने, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना, अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनाहरु लोकप्रिय रहेको कम्पनीले जनाएको छ।  युनियन लाईफ इन्स्योरेन्स कम्पनी प्रतिष्ठित उद्योगपति, व्यापारी, समाजसेवीहरु एवं समाजका प्रतिष्ठित ब्यक्तिहरु सहित जगदम्बा समूह, गोल्छा समूह, गाडिया समूह,न्यौपाने समूह, राजेश हार्डवेयर तथा टिवडेवाल समूह आदिको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS