IME Life New

जलविधुत लगानी कम्पनिले १० अर्ब रुपैँयाको हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जलविद्युत लगानी तथा विकास कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । साधारण सभाबाट प्रस्ताव पारित भएपछि कम्पनीले हकप्रद निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने भएको हो । बैठकले गरेको निर्णय बमोजिम कम्पनीले आगामी साधारणसभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव लैजाने जनाएको छ ।
गत वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले साबिक पूँजी बराबरकै हकप्रद निष्कासन गर्ने भएको छ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्ने छ । कम्पनीमा सरकारको ८० प्रतिशत र अन्यको २० प्रतिशत लगानी छ । जलविद्युतको क्षेत्रमा लगानी गर्ने उदेश्यले सरकारले कम्पनीको स्थापना गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS