IME Life New

साइन्टिफिक लर्निङ्ग सेन्टरको आयोजनामा एक दिने शेयर तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  असार १६ गते (शनिवार) काठमाडौँको कोटेश्वरमा ‘साइन्टिफिक लर्निङ्ग सेन्टर’ (Scientific Learning Center Pvt. Ltd )’ द्वारा आयोजित एक दिने आधारभूत शेयर तालिम सफलताका साथ समापन भएको छ । बियरिश ट्रेन्ड्मा रहेको नेपाली पुँजी बजारमा नेपालको शेयर बजारको वर्तमान अवस्था, शेयर बजार परिवर्तनका कारणहरू, कम्पनी छनोट तथा विश्लेषण गर्ने तरिका, लगानी पोर्टफोलियो व्यवस्थापनबारे कार्यक्रममा छलफल भएको थियो।

‘शेयर बजारको आधारभूत ज्ञान नहुँदा अहिलेको जस्तो अवस्थामा लगानीकर्ताले ठुलो जोखिम मोल्नु परेको छ, शेयर बजारको आधारभूत ज्ञान सहित बजारमा प्रवेश गर्दा पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा यस्ता कार्यक्रमहरू सहयोगी हुने हुँदा आफूहरूले अहिलेको बियरिश ट्रेन्ड्मा शेयर तालिम आयोजना गरेको जानकारी आयोजक संस्थाका सञ्चालक-उत्सव ढकालले दिनु भयो ।

Esewa
Crest

साइन्टिफिक लर्निङ्ग सेन्टरको आयोजनामा भएको सो तालिम कार्यक्रममा सन्तोष राज बजगाईले शेयर बजार सम्बन्धी तालिम तथा शेयर कारोबारका लागि आवश्यक आधारभूत ज्ञान दिएका थिए  । सो कार्यक्रमको मिडिया सहयोगी ‘इन्स्योरेन्स खबर’ रहेको थियो  ।

शनिवार बिहान १०:३० बाट सुरु  भएको कार्यक्रम विशेष गरी नयाँ लगानीकर्ता तथा शेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको सञ्चालक-उत्सव ढकालले जानकारी दिनु भयो । कार्यक्रम कोटेश्वर स्थित हिमालयन कलेजमा आयोजना भएको थियो। तालिममा एक सय दुई जना लगानीकर्ताको सहभागिता थियो।

कार्यक्रमका खिचिएका केही तस्विरहरु : 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS