IME Life New

आइएमई लाईफ इन्स्योरेन्सले आईपिओ निष्काशनको प्रकृया अगाडी बढायो, बिक्री प्रबन्धक-सिभिल क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं:आइएमई लाईफ इन्स्योरेन्सले सर्वसाधारण लाई सेयर (आईपिओ) निष्काशनको प्रकृया अघि बढाएको छ । कम्पनीले हाल कायम जारी पुंजीको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैंयाको आइपिओ निष्काशन गर्नका लागि सिभिल क्यापिटल संग सेयर निस्कासन सम्झौता गरेको छ ।

शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्ने सम्झौतामा आइएमई लाईफ कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटलका निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरेका छन् ।

६० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको तयारीमा रहेको कम्पनीको हालको चुक्ता पुंजी एक अर्ब ४० करोड रहेको छ, हाल कायम चुक्ता पुंजी अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको छ, आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८८ लाख खुद मुनाफा गरेको छ, जुन पछिल्लो समयमा संचालन अनुमति प्राप्त गर्ने बिमा कम्पनीहरु मध्येको सबै भन्दा धरै हो । तथापी जिबन बिमा कम्पनीहरुको बिमाअङ्किय मुल्यांकन पछि मात्र वास्तविक नाफा निस्किने हुदा, यो नाफा नै अन्तिम भने होइन।

Esewa
Crest

६० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरी कम्पनीले चुक्ता पूँजी २ अर्ब रुपैंया पुर्याउन लागेको हो । कम्पनीमा व्यवसायी चन्द्र ढकालसम्बद्ध आईएमई समूह, भाटभटेनी, हाथवे इन्भेष्टमेन्ट, हाथेवेका अम्बिका पौडेल (व्यक्तिगत लगानी समेत), नवराज नेपाल लगायतकाको लगानी रहेको छ । कम्पनीमा आईएमई र सम्बद्धहरुको ४० प्रतिशत बढी लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS