काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना सञ्चालकलगायत आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।
बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। सूचनामा आफ्नो भागमा पर्ने हकप्रद शेयरबापतको रकम यही मंसिर २१ गते जम्मा गर्न बैंकका सञ्चालकलगायतका आधारभूत शेयरधनीहरुलाई आग्रह गरिएको छ।
नेपाल धितोपत्र बोर्डले बैंकले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। बैंकले अब सञ्चालकलगायत आधारभूत शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम जम्मा गरेपछि बैंकका अन्य शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न पाउँछ।
बैंकले १०० रुपैयाँ अंकितदरका हकप्रद शेयर जारी गर्नेछ।











