काठमाडौं । कुमारी बैंकको ५ लाख १८ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको ५ लाख १८ हजार ३९१ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापन शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन बैंकको काठमाडौं टंगालस्थित प्रधान कार्यालय र नक्साल नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।











