काठमाडाैं। मोबाइलबाट फोन, सन्देश र भिडियो कल गर्न मिल्ने मोबाइल एप्स ह्वाट्सएपले अब यसका प्रयोगकर्ताका लागि अग्रिम तालिकामा म्यासेज पठाउने मिति र समय तोक्न सकिने नयाँ सेवा ल्याएको छ।
ह्वाट्सएपको फेसबुक अकाउण्टमा दिइएको जानकारी अनुसार, ‘सेड्युल्ड मेसेज’ सेवामार्फत प्रयोगकर्ताले १० मिनेटदेखि १४ दिनसम्मको समय सीमा रोजेर म्यासेज(सन्देश) पठाउन सक्नेछन् ।
यो फिचरका लागि म्यासेज टाइप गरेर एकछिन थिचेपछि आफूले म्यासेज पठाउन चाहेको मिति र समय छनोट गर्न सकिने विकल्प प्राप्त हुन्छ। त्यसपछि मिति र समय छनाैट गरेर सेट गरिदिएपछि तोकिएको समयमा स्वतः म्यासेज डेलिभरी हुनेछ। प्रयोगकर्ताले फोटो र श्रव्यदृश्य समेत पठाउन मिल्छ।











