काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीलेएक सूचना जारी गर्दै आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारी आवश्यक भएको जनाएको छ ।
कम्पनीले मार्केटिङ विभागका लागि म्यानेजर, डेपुटी म्यानेजर र असिस्टेन्ट म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो । यी पदका लागि बैंकिङ तथा बीमा, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। जनरल इन्स्योरेन्स क्षेत्रमा कम्तीमा ८ देखि १२ वर्षको अनुभव भएको हुनुपर्ने बताइएको छ ।
यता, सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदका लागि पनि कर्मचारी माग गरेको छ। यी पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने इन्स्योरेन्स क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ।
त्यस्तै, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि पनि कर्मचारी माग गरेको छ। यी पदका लागि बैंकिङ तथा बीमा, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुको साथैइन्स्योरेन्स क्षेत्रमा २ देखि ४ वर्षको अनुभव भएको हुनुपर्नेछ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मिति मंसिर ८ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।












