IME Life New

नबिल बैंकको ८% अग्राधिकार शेयरमा कुन बीमा कम्पनीको कति लगानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले जारी गरेको कुल ५ अर्ब रुपैयाँबराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ का सबै शीर्ष शेयरधनी बीमा क्षेत्रका कम्पनीहरु रहेका छन्।

२०८३ असार ३२ सम्मको तथ्यांकअनुसार ०.५ प्रतिशतभन्दा बढी शेयर धारण गर्ने सबै ७ वटै संस्थागत लगानीकर्ता बीमा कम्पनी नै हुन्। जसमा ६ वटा जीवन र एउटा निर्जीवन बीमा कम्पनी रहेका छन्।

Esewa
Crest

यसमध्ये सबैभन्दा बढी नेसनल लाइफ इन्स्योरेन्सको ३४.२५ प्रतिशत (रु. १ अर्ब ७१ करोड २३ लाख) र नेपाल लाइफ इन्स्योरेन्सको ३३.५६ प्रतिशत (रु. १ अर्ब ६७ करोड ८० लाख) शेयर स्वामित्व छ।

यस्तै सूर्यज्योति लाइफको १३.७० प्रतिशत (रु. ६८ करोड ४९ लाख), लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको ६.८५ प्रतिशत (रु. ३४ करोड २४ लाख) र सिटिजन लाइफको ६.१६ प्रतिशत (रु. ३० करोड ८२ लाख) हिस्सा रहेको छ।

बाँकी प्रभु महालक्ष्मी लाइफ र निर्जीवन बीमातर्फको नेपाल इन्स्योरेन्स कम्पनीको समान २.७४ प्रतिशत (रु. १३ करोड ६९ लाख) शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS