काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)सम्म बैंकहरुबाट प्रवाह हुने शेयर धितो कर्जा १८ प्रतिशत बढीले बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजसम्म बैंकहरुबाट १ खर्ब ७१ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोजसम्म बैंकहरुबाट १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुबाट शेयर धितो कर्जा १८.२३ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको असोजसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब २० अर्ब ६१ करोड ३ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष असोजसम्म यो रेन्जको कर्जा १ खर्ब ९८ करोड ५८ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग १९.४४ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १८ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ३३ करोड १९ लाख रुपैयाँ गएको छ। अघिल्लो वर्ष असोजसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ७० करोड ९८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ८२ करोड ३७ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ४३ करोड ८ लाख रुपैयाँ गएको थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ३३.७० प्रतिशत र २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ५.२४ प्रतिशतले बढेको छ भने २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा भने १.१७ प्रतिशतले घटेको छ।











