IME Life New

अन्तर्राष्ट्रिय हवाई उडानै ठप्प पार्ने कस्तो हो दक्षिण कोरियाका विद्यार्थीको ‘सुनुङ’ परिक्षा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियामा वर्षदिनमा एउटा विद्यार्थीहरूको लागि यस्तो परिक्षा हुने गरेको छ जसका कारण देशभर हवाई उडान र शेयर बजार समेत केही घण्टाका लागि ठप्प हुने गरेको छ।

भविष्य र वृत्ति विकास निर्धारण गर्ने मानिएको अत्यन्तै महत्त्वपूर्ण राष्ट्रिय विश्वविद्यालय प्रवेश परीक्षा ‘सुनुङ’ (कलेज स्कलास्टिक एबिलिटी टेस्ट) परिक्षालाइ प्रभावकारी र मर्यादित बनाउनका लागि देशैभर उडान तालिका प्रभावित हुनुका साथै शेयर कारोबार समेत केहि घण्टाका लागि रोकिएको थियो।

Esewa
Crest

स्थानीय राइज न्यूजका अनुसार, परीक्षाको अङ्ग्रेजी सुनाइ खण्डका बेला विमानको आवाजले परीक्षार्थीलाई अवरोध नपुगोस् भनेर स्थानीय समयअनुसार दिउँसो १:०५ देखि १:४० बजेसम्म (३५ मिनेट) देशभरका सबै विमानस्थलबाट हुने उडान तथा अवतरण पूर्ण रूपमा बन्द गरिएको थियो। यस निर्णयबाट ८१ अन्तर्राष्ट्रिय र ४९ आन्तरिक गरी १३० वटा उडानको समय तालिका प्रभावित भएको थियो। साथै, आकाशमा रहेका विमानहरूलाई जमिनबाट कम्तीमा ३ किलोमिटर माथिको उचाइमा उड्न निर्देशन दिइएको थियो।

परीक्षार्थीहरूलाई समयमै परीक्षा केन्द्रमा पुग्न ट्राफिक जाम नहोस् भनेर सरकारी तथा निजी कार्यालयहरू ढिलो खोलिएका थिए। कोरिया एक्सचेन्ज (सेयर बजार) पनि नियमित समयभन्दा एक घण्टा ढिलो बिहान १० बजे मात्र खुलेको थियो। ढिला हुने विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुर्‍याउन प्रहरी र अतिरिक्त मेट्रो रेलको व्यवस्था गरिएको थियो।

बिहीबार देशभर कडा सुरक्षा र विशेष व्यवस्थाका साथ सम्पन्न परिक्षामा यस वर्ष १,३१२ परीक्षा केन्द्रमार्फत कुल ५ लाख ५१ हजार ८६४ परीक्षार्थीले यो परीक्षा दिएका छन्। बिहान ८:४० बजे सुरु भएको परीक्षा साँझ ५:४५ बजेसम्म चलेको थियो।

यस वर्ष कृत्रिम बौद्धिकता र गोप्य क्यामेराको प्रयोग गरी हुन सक्ने नक्कल र चिट चोरी रोक्न सरकारले अभूतपूर्व सुरक्षा अपनाएको थियो। परीक्षा हलमा वाइफाइ सुविधा जाम गरिनुका साथै विद्यार्थीहरूको र लुगाका टाँकहरूमा समेत गोप्य क्यामेरा भएनभएको जाँच गरिएको थियो। विद्यार्थीलाइ परिक्षा केन्द्रमै कलम उपलब्ध गराइएको थियो। विद्यार्थीले परिक्षा केन्द्रभित्र मोबाइल सेट लुकाएर राखेको हुनसक्ने आशंकामा देशव्यापीरूपमा एकसाथ कराेडाैं फोन सेटहरूमा आपतकालीन मोबाइल अलर्टसमेत पठाइएको थियो।

दक्षिण कोरियामा ‘सुनुङ’ परीक्षाको नतिजाले विद्यार्थीहरूले कुन विश्वविद्यालयमा पढ्न पाउने र भविष्यमा कस्तो रोजगारी तथा सामाजिक प्रतिष्ठा हासिल गर्ने भन्ने कुरामा निर्णायक भूमिका खेल्ने भएकाले सिङ्गो देश नै परीक्षाको दिन विद्यार्थीहरूको सहयोगमा जुट्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS