IME Life New

इन्डोनेसियाः विदेशमा पढेको दाबी गर्दा छाड्नुपर्यो उपराष्ट्रपति पद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्डोनेसियाका उपराष्ट्रपति जिब्रान राकाबुमिङ राकाले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

विदेशी शिक्षा र शैक्षिक कागजातको दाबीमाथि प्रश्न उठेपछि उनलाई राजीनामा दिन दबाब बढ्दै गएको थियो। ३९ वर्षीय जिब्रान पूर्वराष्ट्रपति जोको विडोडोका छोरा हुन्। उनले राजधानी जकार्ताको संसद भवनमा रहेको पिपुल्स कन्सल्टेटिभ असेम्बलीको नेतृत्वमा आफ्नो राजीनामा बुझाएका थिए।

Esewa
Crest

मंगलबार राष्ट्रपति प्रबोवो सुबियान्तोसँगको भेटमा जिब्रानले राजीनामा दिने प्रस्ताव पनि गरेका थिए। उनले यो विवाद लामो समयसम्म राजनीतिक मुद्दा नबनोस् भन्ने चाहेको बताएका थिए। यद्यपि, एक मन्त्रीका अनुसार त्यतिबेला राष्ट्रपतिले उनलाई आफ्नो बचाउ गर्न सल्लाह दिएका थिए। राष्ट्रपतिले उनको राजीनामा स्वीकार गरे कि गरेनन् भन्ने कुरा स्पष्ट थिएन।

गत महिना इन्डोनेसियाको संवैधानिक अदालत र सर्वोच्च अदालतले उनको विदेशी शिक्षा कागजातमाथि प्रश्न उठाएपछि जिब्रानको शैक्षिक योग्यता वरिपरिको विवाद बढ्यो। दुवै अदालतले चुनावका लागि पेस गरिएका कागजातले योग्यता आवश्यकताहरु पूरा नगरेको फैसला गरे। त्यसपछि बुधबार ८ राजनीतिक दलका १२० सांसदले संसदीय नेतृत्वसमक्ष निवेदन दर्ता गरे। जसले जिब्रान विरुद्ध महाभियोग प्रक्रियाको लागि मार्ग प्रशस्त गर्यो।

इन्डोनेसियाली कानुनअनुसार संसदीय नेतहरुरूले विशेष समिति गठन गर्न आवश्यक छ। यो समितिले जिब्रानले चुनावी योग्यता आवश्यकताहरु पूरा नगरे पनि उपराष्ट्रपतिको पदमा रहेर संविधान उल्लंघन गरेको छ कि छैन भनेर अनुसन्धान गर्नेछ।

यदि सांसदहरुले आरोपहरुको अनुसन्धान गर्न पर्याप्त आधार पाए भने, संसदले संविधान उल्लंघन भएको छ कि छैन भनेर निर्णय गर्न संवैधानिक अदालतलाई सोध्नुपर्नेछ। यो संसदीय प्रक्रियाका बीचमा जिब्रानले बिहीबार आफ्नो राजीनामा बुझाए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS