काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष राजन विक्रम थपाले समग्र बीमा बजारलाई अझ मर्यादित, प्रतिस्पर्धी र पारदर्शी बनाउँदै सुशासन कायम गर्न प्राधिकरण कटिबद्ध रहेको व्यहोरा बताएका छन् ।
तिहार, नेपाल संवत् ११४५ र छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष थापाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
शुभकामना सन्देशमा थापाले बीमित, बीमक, बीमा व्यवसायी तथा बीमा क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूलाई लक्षित गर्दै बीमा क्षेत्रप्रतिको विश्वसनीयता अभिवृद्धि गर्न, बीमितको हित संरक्षण गर्न र बीमाको पहुँच बढाउन प्राधिकरण प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
अध्यक्ष थापाले बीमा दाबी भुक्तानी प्रक्रियालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउन प्राधिकरणले निरन्तर कार्य गर्दै आएको व्यहोरा अनुरोध गरेका छन् ।
।











