काठमाडौं । मञ्जुश्री फाइनान्सको आर्थिक वर्ष २०८२।८३ को विवरणअनुसार ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका कुल ३९ जना शेयरधनी छन्।
फाइनान्समा सबैभन्दा ठूलो हिस्सा सुमनप्रसाद अधिकारीको ९ लाख ४७ हजार ७७९ कित्ता शेयर अर्थात् ७.०१ प्रतिशत तथा दोस्रो स्थानमा पारस अधिकारीको ७ लाख ३९ हजार २६० कित्ता शेयर अर्थात् ५.४७ प्रतिशत रहेको छ।
त्यसैगरी तेस्रो स्थानमा रहेका कमल कुमार बेगानीसँग ४ लाख १९ हजार ५९९ कित्ता शेयरमार्फत ३.१० प्रतिशत स्वामित्व रहेको छ। सूचीको चौथो स्थानमा रहेका शरद कोइरालाले २ लाख ९१ हजार ४८ कित्ता शेयरसहित २.१५ प्रतिशत हिस्सा ओगटेका छन् भने पाँचौँ स्थानमा शान्ता गौतमको २ लाख ५७ हजार ४४० कित्ता शेयरबराबर १.९० प्रतिशत स्वामित्व कायम छ।












