काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ६४ अंकले बढेर २,६५५ को विन्दुमा कायम भएको छ । आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै क्रेष्ट मायक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ०८ प्रतिशतका दरले कमाएका हुन् । बेनी हाइड्रोका लगानीकर्ताले ५ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीले ३ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् ।












