IME Life New

नेप्से सामान्य बढ्दा कारोबार भने घट्यो, सर्वाधिक बढेका र टर्नओभर भएका १० शेयर कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा समूह घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक १.०७ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.६ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा १४३ कम्पनीको शेयरभाउ बढेको छ भने १२२ कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर बनेको छ।

बजारमा आज ५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ग्लोबल आइएमई बैंकको भएको छ।

आज शिखर पावर र रिभर फल्स पावरका लगानीकर्ताहरु मालामाल भए। यी दुवैको शेयरभाउ करिब ६ प्रतिशतले बढेको छ।

यसैगरी आज बेनी हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको शेयरभाउ ५ प्रतिशत बढीले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS