IME Life New

ग्लोबल आइएमई बैंकको मुख्य वित्तीय सूचकहरुमा प्रगति, २४.४९%ले बढ्यो नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा २ अर्ब ३१ करोड ३८ लाख खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष २०८२।८३ को असोजसम्म बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको नाफा २४.४९ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। अघिल्लो वर्ष तुलनामा सञ्चालन मुनाफा पनि ३५.८८ प्रतिशतले बढेको छ।

चालु वर्ष असोजसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७ करोड २ लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले चालु आर्थिक वर्षको असोजसम्म १७.७५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

चुक्तापुँजी ३९ अर्ब ६४ करोड ४ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ७ करोड २ लाख रुपैयाँ र जगेडामा २७ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकको रिटेन्ड अर्निङमा ४ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ र जगेडामा २७ अर्ब १७ करोड ७२ लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको असोजसम्म बैंकले ६ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ८ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २३.३५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षमा बैंकको ईपीएस १९.५१ रुपैयाँ थियो। बैंकको पीई रेसियो १०.८८ गुणा र प्रतिशेयर नेटवर्थ १७५.७७ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS