काठमाडौं । गण्डकी प्रदेशमा पर्यटन आगमन बढे पनि होटल कुपेन्सी घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको गत आर्थिक वर्ष २०८२।८३ को आर्थिक गतिविधि अध्ययनबाट यस्तो देखिएको हो। अध्ययन प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा पर्यटक आगमन संख्या ९१ हजार ६३७ रहेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा पर्यटन आगमन संख्या ९१ हजार २८८ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा पर्यटन आगमन संख्या ०.३८ प्रतिशतले बढेको छ।
पर्यटन आगमन संख्या बढे पनि गण्डकी प्रदेशमा होटल अकुपेन्सी भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा ३६.१३ प्रतिशत होटल अकुपेन्सी रहेकोमा समीक्षा वर्षमा २.४० प्रतिशतले घटेर ३५.२७ प्रतिशत कायम भएको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा होटलको शय्या संख्या ५.४६ प्रतिशतले २ लाख ७७ हजार ९२० पुगेको छ। अघिल्लो वर्ष शय्या संख्या २ लाख ६३ हजार ५२० रहेको थियो।
यसैगरी समीक्षा वर्षमा शय्या बिक्री संख्या २.९३ प्रतिशतले बढेर ९८ हजार ११ पुगेको छ। अघिल्लो वर्ष शय्या बिक्री संख्या ९५ हजार २१९ रहेको थियो।
गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा ६७७ जना प्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष यो संख्या ६४२ रहेको थियो।












