काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर स्वामित्व संरचनाअनुसार बैंकमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत हिस्सा कायम रहेको छ।
हाल निफ्राको कुल चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। जसमध्ये संस्थापक समूहतर्फ १२ अर्ब ९६ करोड रुपैयाँ र सर्वसाधारण समूहतर्फ ८ अर्ब ६४ करोड रुपैयाँबराबरको पुँजी बाँडफाँट गरिएको छ।

निफ्रामा ०.५ प्रतिशत वा सोभन्दा बढी स्वामित्व रहेका २० प्रमुख सेयरधनीहरुमध्ये नेपाल सरकार अर्थ मन्त्रालय १० प्रतिशतसहित शीर्ष स्थानमा रहेको छ। संस्थागत लगानीकर्ताहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८.९५ प्रतिशत स्वामित्वसहित अग्रस्थानमा रहेको छ। वाणिज्य बैंकहरुतर्फ ग्लोबल आइएमई बैंकले सर्वाधिक ५.४८ प्रतिशत शेयर हिस्सा छ।













