IME Life New

साउदीले दुई हप्तापछि पुनः खोल्यो खालिद अन्तर्राष्ट्रिय विमानस्थल, हुथी विद्रोहीले दिए यस्तो चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी राजधानी रियादमा विस्फोटका आवाजहरु सुनिएका छन्। साउदी अधिकारीहरुले आइतबार राजधानीको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरु पुनः सुरु गर्ने घोषणा गरेको केही दिनपछि यो घटना भएको हो।

वास्तवमा हुथी विद्रोहीहरुले बारम्बार आक्रमण गरेपछि किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्ताका लागि बन्द गरिएको थियो। विश्वव्यापी रुपमा विमान आवागमन अनुगमन गर्ने वेबसाइट फ्लाइटराडारले पनि आइतबार बिहानै विमान उडेको रिपोर्ट गरेको छ।

Esewa
Crest

यद्यपि, साउदी अधिकारीहरुले राजधानी रियादमा भएको पछिल्लो विस्फोटको कारणको बारेमा आधिकारिक बयान जारी गरेका छैनन्।
यसैबीच हुथी सैन्य प्रवक्ता याह्या सारीले उक्त विमानस्थल ‘असुरक्षित’ र उनीहरुको संगठनका लागि ‘सैन्य लक्ष्य’ चेतावनी दिएका छन्। उनले भने, ‘वमानस्थल पुनः खोल्ने निर्णयको परिणामका लागि साउदी अरेबिया जिम्मेवार हुनेछ।’

यो उल्लेखनीय छ कि युद्धविराम भंग भएदेखि हुथी विद्रोहीहरुले धेरै पटक विमानस्थललाई लक्षित गरेका छन्। यस महिनाको सुरुमा एउटा आक्रमणमा १३ जनाको मृत्यु भएको थियो र ३०० भन्दा बढी घाइते भएका थिए। यसलाई साउदी अरबमा एक दशकमा भएको सबैभन्दा घातक आक्रमणका रुपमा वर्णन गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS