काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दैछन्।
अर्थमन्त्री वाग्ले आज दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकमा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा धेरै द्विपक्षीय र बहुपक्षीय बैठकमा र छलफलमा सहभागीता जनाउनु हुनेछ।
बैठकमा सहभागी हुन अर्थसचिव डा घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि त्यसतर्फ जानेछन्।
अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ।












