IME Life New

लघु जीवन बीमकले भदौसम्ममा भित्र्याए रु.१९.७० करोड व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु जीवन बीमकले चालु आर्थिक वर्ष २०८३।८४ को भदौ महिना सम्ममा १९ करोड ७० लाख रुपैयाँको व्यापार भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्ममा ३ वटा लघु जीवन बीमकले उक्त रकमबराबरको कुल बीमाशुल्क संकलन गरेका हुन् । यो अवधिमा यी कम्पनीले २ लाख ८९ हजार७१४ वटा बीमालेख जारी गरेका हुन् ।

भदौसम्ममा सर्वाधिक व्यापार भित्र्याउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ । यो कम्पनीले २ लाख ४५ हजार ८९८ वटा बीमालेख जारी गर्दै ७ करोड ७६ लाख रुपैयाँ कुुल बीमाशुल्क संकलन गरेको छ।

Esewa
Crest

यसैगरी साउनमा लिबर्टी माइक्रो लाइफले २१ हजार २४८ वटा बीमालेख जारी गरेर ६ करोड ७८ लाख रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले २२ हजार ५६८ वटा बीमालेख जारी गरेर ५ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS