काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत पदपुर्ति गर्ने भएको छ । संस्थाले आज असोज १४ गते एक सूचना जारी गर्दै यस्तो बताएको हो । उक्त पदका लागि स्नाकोत्तर तह वा सो सरह उर्तीण गरेको र लघुवित्त वा बैंक तथा वित्तीय संस्थामा व्यवस्थापन तह श्रेणीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । उमेरको हकमा भने ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।













