IME Life New

संजोगको पुनर्जन्मः जीवन बीमाले दियो पुनर्जीवन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्खेतका संजोग तामाङले विद्यालय शिक्षा पूरा गर्न सकेनन्। तर, पनि उनलाई सहरीया जीवनशैलीले आकर्षित गर्दथ्यो। एक दिन उनले सुर्खेत छाडेर काठमाडौं छिर्ने निधो गरे। काठमाडौं पुगेर गाउँकै सुरेश दाइसँग काठमाडौंमा बस्न थाले। जो संजोगलाई औधी माया गर्दथे।
सुरेश दाइको लवाइ–खवाइ अलि हाइफाइ खालको थियो। उनको मुख्य पेसा रहेछ, घरजग्गा कारोबार। आम्दानी राम्रो रहेछ। संजोगलाई पनि सँगै काममा लान थाले। विस्तारै संजोग पनि सुरेश दाइको घरजग्गा कारोबारमा संलग्न हुन थाले।

कामप्रतिको लगाव, वाक पटुता, ग्राहक आकर्षण गर्ने कला, संजोगको विषेश क्षमता थियो। यही कारण सुरेश दाइले संजोगलाई केही हिस्सा दिएर पार्टनर बनाए। संजोगको दिन फिर्न समय लागेन। सँगैका साथी कलेजमा गह्रुंगा झोला बोकेर सुन्दर भविष्यको सपना बुनिरहेको थिए। संजोग भने महँगो गाडीमा हिँड्न थालेका थिए।

Esewa
Crest

बदलिँदो जीवनशैलीका कारण धेरैजना संजोगसँग नजिकिन थाले। सबैको आकर्षण, आशा, भरोसा बन्दै गए, संजोग। यता सुरेश दाइ पनि राम्रो पार्टनर पाएकोमा दंग थिए। देशका शासक तथा प्रशासकसँग उठबस हुन थाल्यो, संजोगको।

गाडीको सवारी, ब्रान्डेड पहिरन, राम्रो आम्दानी। घर किन्न आएका एक ग्राहकले जीवन बीमा गर्न प्रस्ताव गरे, संजोगलाई। प्रस्ताव ठीकै लाग्यो। संजोगले आजै सबै पैसा तिर्ने गरी १ करोड रुपैयाँ बीमांकको जीवन बीमा गरे। यसरी एकल भुक्तानी गरी बीमाको पैसा तिर्दा छुट पनि प्राप्त गरे।

तर, समय सधैँ एकनास रहँदैन। समयक्रमसँगै कोरोनाको कहर सुरु भयो। विश्व आर्थिक मन्दीको चपेटामा पर्यो। नेपाल पनि अछुतो रहन सकेन। कोरोना कहर र आर्थिक मन्दीको पहिलो सिकार घरजग्गा कारोबारमा पर्यो। भड्किलो जीवनशैली अपनाउने बानी परेका संजोगलाई हरेक कुरामा सम्झौता गर्ने बानी पुनः बसाउन निकै असहज भयो।

आर्थिक अवस्था कमजोर हुँदै थियो। हिजो संजोगका वरिपरि घुम्नेहरु टाढिन थाले। घन्टौँ कुरेर भेट्न आतुर साथीहरु नजिक पर्नै छोडे। छोटो समयमा भएका उतारचढाव फिल्मका कथाभन्दा कम थिएनन्, संजोगका। आम्दानीको स्रोत नभएपछि घरमा पनि कलह सुरु भयो। संजोगलाई नयाँ जीवनशैलीमा चल्न गाह्रो भइरहेको थियो। हीनताबोध भएर धेरै पटक गलत सोचतिर पनि लागे।

तर, अचानक उनको मोबाइलमा एउटा एसएमएस आयो। जसले उनको जीवन बदलिदियो। जीवन बीमा गरेको ७ वर्ष भएछ। जीवन बीमा कम्पनीले परिपक्व भुक्तानी लिन आउन म्यासेज पठाएको रहेछ। म्यासेज हेरेर बीचमा मोबाइल चेन्ज गरे पनि सिम चेन्ज नगरेकोमा आफैँले आफैँलाई धन्यवाद दिए। अनि मोबाइललाई चुम्मा गरे।

त्यही दिन जीवन बीमा कम्पनीमा गएर आवश्यक प्रक्रिया पूरा गरी बीमांक रकम र आर्जित बोनस एकमुष्ठ प्राप्त गरे। आफ्नो तिरोतारो गर्नुपर्ने सबै दायित्व सल्टाए। अनि फेरि सामान्य जीवन व्यतित गर्न थाले। परिवारमा जे छ, त्यसैमा खुसी हुने बानीको विकास गर्न थाले।

अन्त्यमा आत्महत्याको सोच विकास भइसकेका संजोगलाई त बेलैमा गरेको जीवन बीमाले पुनर्जीवन दियो। कसको जीवनमा के आइपर्छ, के थाहा ? तर, अप्ठेरोमा त जीवन बीमा काम लाग्ने रहेछ, होइन त। त्यसैले आजै जीवन बीमा गरी ढुक्क होऔँ।

(यो कथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको युट्युबाट लिइएको हो।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS