काठमाडौं । अस्ट्रेलियाको बीमा परिषद् (आईसीए) ले भिक्टोरिया राज्य सरकारलाई बढ्दो चोरीका घटनालाई सम्बोधन गर्न आग्रह गरेको छ।
नयाँ राष्ट्रिय सम्पत्ति अपराध तथ्यांकले कार चोरी र घर चोरीसँग सम्बन्धित बीमा दाबीमा उक्त राज्यमा बढ्दै गइरहेको देखाएको छ। सन् २०२५।२६ मा भिक्टोरियामा १२ हजार ३०० भन्दा बढी कार चोरी र घर चोरीका बीमा दाबी परेको छ। जसको परिणामस्वरुप बीमा कम्पनीहरुका लागि २४ करोड ४० लाख अस्ट्रेलियन डलरको नोक्सान भयो। आईसीएका अनुसार सोही अवधिमा अन्य सबै राज्य र क्षेत्रमा त्यस किसिमका दाबीमा गिरावट आएको छ।
आईसीएका अनुसार गत वर्ष भिक्टोरियामा लगभग ३ हजार ९०० सम्पत्ति चोरीको बीमा दाबी परेको थियो। जसको मूल्य अस्ट्रेलियाली ५ करोड ६० अस्ट्रेलियन डलरभन्दा बढी थियो। आईसीएले कार चोरी र सम्पत्ति अपराध कम गर्न राज्यस्तरीय रणनीतिका साथै विशेष कानुन प्रवर्तन एजेन्सीहरुमा सुधारिएको गुप्तचर साझेदारी र लगानीका लागि आह्वान गरिरहेको छ।
आईसीएले सरकारलाई विपद्पछिको सफाइका लागि केन्द्रीय रुपमा समन्वित, राज्य–नेतृत्व र वित्तपोषित प्रणाली स्थापना गर्न पनि आग्रह गरेको छ। –एजेन्सी












