IME Life New

भोटेकोशी बाढी प्रभावितका लागि नाइमाको ५० लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्य नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । भदौ १० गतेको विनाशकारी बाढीबाट पीडित समुदायप्रति ऐक्यबद्धता जनाउन अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको एसोसिएसनले जनाएको छ।

Esewa
Crest

चेक हस्तान्तरण गर्दै अध्यक्ष वैद्यले संकटको समयमा नाइमा सधैँ सरकार र प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ, हेमन्त गोल्छा, बीवाईडीका सीईओ साहिल श्रेष्ठ लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS