IME Life New

इन्डोनेसियामा ज्वालामुखी विस्फोटनले ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटनपछि लगभग ३ हजार उडान अवरुद्ध भएका छन्।

राजधानी जकार्ताबाट लगभग १५० किलोमिटर टाढा अवस्थित अनाक क्राकाटाउ ज्वालामुखी शुक्रबार राति अबेर विस्फोट हुन सुरु भएको हो। यसले लाभाका फोहराहरु निस्कन थाले र ज्वालामुखीको खरानी राजधानी जकार्ता र लाम्पुङ प्रान्तमा पुग्यो।

Esewa
Crest

जकार्ताको सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल स्थानीय समयअनुसार बिहान ६ बजे पुनः खोल्ने तालिका थियो। तर, विमानस्थल वरिपरि ज्वालामुखीको खरानीका कारण उडान स्थगित गरिएको छ।

विमानस्थलले एक विज्ञप्तिमा भनेको छ कि उडानहरु अब भोलि बिहान १२ बजे पुनः सुरु हुनेछन्। नागरिक र सैन्य उडानहरुका लागि प्रयोग गरिने सानो हलिम पेर्दानाकुसुमा विमानस्थल पनि त्यतिन्जेलसम्म बन्द रहनेछ।

सोमबार जकार्ताको सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा यात्रुको लामो लाइन देखिए। टिकट फिर्ता र उडान कहिले सुरु हुन्छन् भन्ने जानकारी प्राप्त गर्न अलपत्र यात्रु लाइनमा बसेका छन्।

फिना नामक एक यात्रु आइतबार बिहान पूर्वी जाभा सहर मलाङबाट जकार्ता फर्कने कार्यक्रम थियो। उनले विमानस्थलमा अराजकता भएको र उडान तालिका बारम्बार परिवर्तन भइरहेको जानकारी दिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS