IME Life New

लघुवित्त क्षेत्रका चुनौती कसरी चिर्ने भन्ने प्रश्न उठ्न थाल्योः उपाध्यक्ष भट्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले अहिले लघुवित्त क्षेत्र महत्वपूर्ण चरणमा रहेको र यसको स्थायित्वका बारेमा चासो बढ्न थालेको बताएका छन्।

आइतबार डा हरिहरदेव पन्तको ११ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन्। उनले आगामी दिनमा लघुवित्त क्षेत्रलाई कसरी कायम राख्ने, यसमा आएका चुनौती कसरी चिर्ने भन्ने प्रश्न अहिले आएको बताए।

Esewa
Crest

भट्टले नेपाल राष्ट्र बैंकले २० वर्ष पहिला ल्याएको लघुवित्त नीति अब संशोधन गर्ने बेला आएको समेत उल्लेख गरे । उनले साना उद्यमीको संरक्षण गर्नका लागि लघुवित्तको योगदान महत्वपूर्ण हुने बताए।

उपाध्यक्ष भट्टले समाजमा गरिबी निवारण गर्नपछि परेका बर्ग क्षेत्रमा पनि लघुिवत्तको योगदान हुने र वित्तीय साक्षरता बढाउन योगदान दिने धारणा राखे। उनले डा हरिहरले लघु उद्यमलाई विकास गर्नका लागि लघुवित्त मार्फत ठूलो योगदान दिएको स्मरएण गरे।

भट्टले हरिहरले गरेको कामको गतिलाई छोरा जनार्दन देव पन्तले अनुशरण गरेकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा तत्कालिन बीमा सिमितका पूर्वअध्यक्ष फत्तबहादुर केसीले नेपालमा लघुवित्तले गरिबी न्यूनीकरणमा ठूलो सहयोग गरेको बताए। उनले कोरोनाजस्ता महामारीपछि नेपालको लघुवित्तमा पन्तको मार्गदर्शन बढि आवश्यक हुने बताए। अहिले लघुवित्तमा चौतर्फी आक्रमण भएको समयमा डा पन्तको योगदान स्मरण गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले डा पन्त कुनै पनि स्वार्थमा नपरि काम गर्ने व्यक्ति भएको स्मरण गरे। पन्तको योगदान निर्धनमा मात्रै नभएर देशको हितमा भएको दाबी गरे। पन्त राष्ट्र बैंकमा हुँदा पनि व्यक्तिभन्दा पनि संस्था जस्तो भएको स्मरण गरे। नेपालमा बेलाबेला नीतिहरु तलमाथि हुँदा लघुवित्त पनि यताउता हुने हो कि भन्ने त्रास हुने गरेको उनको धारणा थियो।

कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जनार्दनदेव पन्तले लघुवित्तमा देखिएका चुनौती पार पर्दै लक्षित वर्गमा जानुपर्ने धारणा राखे। उनले लघुवित्तबाट सुख, शान्ति तथा समृद्धि हासिल गर्न सकिने बताए।

कार्यक्रममा विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ। जसमा लघुवित्तका पिता डा हरिहरदेव पन्तको स्मृतिमा स्थापित ‘डा हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ यस वर्ष लगानी न्युज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिएको छ। पन्त फाउन्डेशनद्वारा स्थापना १ लाख राशिको पुरस्कार डा पन्तको ११औँ वार्षिक पुण्य स्मृति दिवशका आज सम्पादक ज्ञवालीलाई प्रदान गरिएको हो।

सम्पादक ज्ञवालीले आफूले पाएको पुरस्कार रकमबाट २५ हजार रुपैयाँ नुवाकोटका पत्रकार किरण अधिकारीलाई सहयोग गरेका छन्। भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका उनलाई ज्ञवालीले उक्त रकम सहयोग गरेका हुन्।

कार्यक्रममा लघु उद्यमी पुरस्कार बागमती प्रदेशकी रसिला तामाङलाई प्रदान गरिएको छ। यस्तै शैक्षिक उत्कृष्टता पुरस्कार कमल पौडेललाई प्रदान गरिएको छ। यो पुरस्कारकार राशि ५०–५० हजार रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS