IME Life New

सर्बसाधारणलाई सेयर निष्काशन गर्ने पहिलो मर्चेन्ट बैंक बन्दै ‘सिबिआइएल क्यापिटल’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपालको इतिहाशमै पहिलो पटक मर्चेन्ट बैंकको साधारण सेयर निष्काशन हुने भएको छ । सिटिजन्स बैंकको सहायक संस्था सिबिआइएल क्यापिटल लिमिटेडले प्राथमिक सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । क्यापिटलले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड रुपैयाँ बराबरको तीनलाख कित्ता प्राथमिक सेयर निष्काशनको लागिनिवेदन दिएको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ । सिटिजन्स बैंकको सहायक संस्थाको रुपमा रहेको सिविआइएल क्यापिटलले म्यूचुअल फण्ड, पोर्टफेलियो म्यानेजमेन्ट, अण्डरराइटिङ, धितोपत्र विक्री प्रबन्धक लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

मर्चेन्ट बैंकको संचालक अध्यक्ष सिटिजन्स बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल रहेका छन् । सिबिआइएलले काठमाडौं बाहिरका लगानीकर्ताहरुलाई पुँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी गराउने गरि सेवा प्रदान गर्दै आएको छ। सिटिजन्स बैंकका सबै शाखाबाट लगानीकर्तालाई सेवा दिने गरेको कम्पनीले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS