IME Life New

एशियन लाइफ इन्स्योरेन्सको शेयर जारीकर्ता वर्गिकरण पुनः पुष्टी, रू ५२ अर्बको बीमा कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इस्युअर रेटिङ ‘आइआरएन ए (इस्युअर)’ पुन: पुष्टी  गरेको छ, जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न पर्याप्त सुरक्षित रहेको र यसमा कम क्रेडिट जोखिम रहेको जनाउँछ

अघिल्लो वर्षको ९.२४ प्रतिशतबाट घटेर आ.व. २०८१/८२ मा ८.०० प्रतिशत र २०८२/८३ को तेस्रो त्रैमाससम्म ६.९९ प्रतिशतमा ओर्लिएको छ, जसले गर्दा सञ्चालन मुनाफामा केही दबाब परेको छ

Esewa
Crest

कम्पनीको कुल बीमा शुल्क आर्जन १७ प्रतिशतले बढेर आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ४० करोड रुपैयाँ पुग्नुका साथै खुद नाफा ११ प्रतिशतले बढेर ४९ करोड ४ लाख रुपैयाँ पुगेको छ

२०८२ चैत मसान्तसम्ममा कम्पनीसँग जीवन बीमा कोषमा करिब ५२ अर्ब रुपैयाँ र महाविपत्ती कोष करिब ३२ करोड २२ लाख रुपैयाँ रहेकाले बीमितको रकम सुरक्षित रहने र दाबी भुक्तानीमा ठूलो वित्तीय जोखिम नरहने देखिन्छ

साथै कम्पनीले वैश्विक पुनर्बीमक स्कर एसई, ह्यानोभर रिका साथै नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा जस्ता सबल पुनर्बीमा कम्पनीहरूसँग सम्झौता गरी प्रति बीमालेख जोखिम बहन आफ्नो जोखिम भार ४ देखि ८ लाख रुपैयाँ मात्र सीमित राखेकाले महाविपद्को समयमा पनि दाबी भुक्तानी सहज हुने देखिन्छ

आर्थिक समस्या वा अन्य कारणले बीमालेख समर्पण गर्ने वा आंशिक भुक्तानी लिने क्रम बढेकाले कम्पनीको नगद प्रवाह व्यवस्थापन र बीमालेख निरन्तरतामा चुनौती थपिएको छ

कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ पुगेर बीमा प्राधिकरणको नियामकिय मापदण्ड पूरा भएको छ। सोल्भेन्सी अनुपात १.३३ गुणा कायम भई नियामकले तोकेको न्यूनतम १.३० गुणाको सीमाभन्दा माथि नै रहेको छ

यसका साथै, कम्पनी सञ्चालनको प्रारम्भिक वर्षहरूमा जारी गरिएका १५ वर्षे सावधिक बीमालेहरू एकैपटक परिपक्व भएकाले भुक्तानी गर्नुपर्ने दाबी रकममा उल्लेखनीय वृद्धि देखिएको छ। आ.व. २०८०/८१ को करिब २ अर्ब ५० करोड ८० लाख रुपैयाँको तुलनामा आ.व. २०८१/८२ मा करिब ३ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। यसले गर्दा घाटा अनुपात बढेर आ.व. २०८१/८२ मा कम्बाइन्ड रेसियो करिब १३२ प्रतिशतको उच्च स्तरमा पुग्नुलाई पनि रेटिङको सीमितता वा दबाबको रूपमा लिइएको छ। दीर्घकालीन बीमालेखहरू परिपक्व हुँदै जाँदा जीवन बीमा कम्पनीहरूमा परिपक्व दाबीवापत ठूलो रकम बाहिरिनु स्वाभाविक प्रक्रिया हो

जीवन बीमा कम्पनीहरूबीच रहेको तीब्र प्रतिस्पर्धा, १५ वर्षे अवधि पूरा भएका बीमालेखहरूको ठूलो दाबी भुक्तानी दायीत्व र बीमितलाई दिइने बोनशको शतप्रतिशत प्रोभिजनिङ(व्यवस्था) गर्नुपर्ने नियामकीय व्यवस्थाका कारण आगामी दिनमा शेयरधनी र बीमितलाई दिइने प्रतिफल प्रभावित हुन सक्ने जोखिम देखिएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS