काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीका नाफा घटेको छ ।
२ अर्ब ७७ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड १५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३६ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ६८ लाख रुपैयाँ रहेको छ।
अघिल्लो वर्ष विशेष जगेडामा २ अर्ब ३१ करोड ३६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७६ करोड ७७ लाख रुपैयाँ र अन्य इक्विटीमा ४३ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ३ अर्ब २९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४ दशमलव ३१ प्रतिशतले घटेको हो ।
समीक्षा वर्षमा कम्पनीले १ अर्ब ९४ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन पनि २ दशमलव ०९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९० करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ५४ कोड ६७ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस सीमक्षा अवधिमा पुनर्बीमा मार्फत कम रकम खर्चिएको हो ।
यस समीक्षा अवधिमा कम्पनीले २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ४० पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ३३ पैसा रहेको छ ।













