IME Life New

सनराइज बैंकको चितवनममा एक दिने कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/नारायणगढ: सनराइज बैंकले आर्थिक नगरी नारायणगढमा एकदिने आधारभूत लेखा तथा कर नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सनराइज बैंक लिमिटेड र उद्योग वाणिज्य सघं चितवनको संयुक्त आयोजना भएको अभिमुखिकरणमा एस.आर.पाण्डे एण्ड कम्पनीका प्रशिक्षक चार्टर एकाउन्टेन्ट अरुण राउतले सहजीकरण गर्नुभएको थियो ।

अभिमुखिकरणमा नारायणगढका १ सय भन्दा बढि साना तथा मझौला ब्यवसायीहरुको सहभागिता रहेको सनराइज बैंक नारायणगढका रिलेसन म्यानेजर अमृत कुँवरले जानकारी दिनुभयो ।


अभिमुखिकरण कार्यक्रममा वर्तमान कर नीति , लेखा कसरी राख्ने, ब्यालेन्ससिटमा हुनुपर्ने एकरुपता , प्रविधीमैत्री लेखाको आवश्यकता लगाएतका विषयमा चार्टर एकाउन्टेन्ट राउतले प्रशिक्षण दिनुभएको थियो । परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तिय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालनमा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको जानकारी गराएको थियो ।

Esewa
Crest

बैंकले आफ्ना गा्रहक वर्गमा वित्तीय परामर्श पु-याउने उद्देश्यका साथ अगाडि बढेको सनराईज बैंक नारायणगढका प्रबन्धक प्रकाश कस्तीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,“बैंकले ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि सामान्य जानकारी दिएको भन्दै भविष्यमा थप कार्यक्रमहरु संचालनमा ल्याउने छौ ।”

विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको सनराइज बैंक भरतपुरका प्रबन्धक अच्युत श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य सघं चितवनका अध्यक्ष सहनलाल प्रधानले आफ्नो मन्त्वय व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS