IME Life New

अब घरबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने, ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब बैंकमा खाता खोल्न कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। ग्लोबल आइएमई बैंकले युवा लक्षित ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्याउँदै घरबाटै डिजिटल रूपमा खाता खोल्ने सुविधा ल्याएको हो ।

राष्ट्रिय परिचयपत्र (नेशनल आईडी) वा राहदानी (पासपोर्ट) भएका व्यक्तिहरुले बैंकमा उपस्थित नभई अनलाइनमार्फत खाता खोल्न सक्नेछन्। आवेदन दिएलगत्तै खाता सञ्चालनमा आउनेछ भने घरबाटै मोबाइल बैंकिङ सेवा पनि सञ्चालन गर्न सकिनेछ ।

Esewa
Crest

जिरो ब्यालेन्समा खोल्न सकिने यस खातामा आकर्षक ब्याजदरका साथै पहिलो वर्ष मोबाईल बैंकिङ पूर्ण रूपमा निःशुल्क गरिएको छ। डिजिटल बैंकिङलाई सहज, छिटो र झन्झटमुक्त बनाउने उद्देश्यले यो सेवा विशेषगरी युवा पुस्तालाई लक्षित गरी ल्याइएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS