IME Life New

कर छुटको घोषणा फेसबुकबाट, सामाजिक सदभाव कायम राख्ने आग्रह विज्ञप्तीमार्फत्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा झण्डै ४६ लाखले पछ्याउने प्रधानमन्त्री बालेन्द्र शाह सुनसरीमा केही दिनदेखि जारी तनावबारे माैन छन् । शिक्षा र स्वास्थ्य सेवामा लागू गर्न खोजिएको कर फिर्ता लिएको घोषणा गर्न हतारिएका प्रधानमन्त्री शाहले सुनसरीमा दुई पक्षबीच केही दिनदेखि जारी तनावबारे सामाजिक सञ्जालमा माैनता साधेका छन् ।

प्रधानमन्त्री शाह सामाजिक सञ्जालमा माैन देखिएपनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले मंगलबार विज्ञप्ती जारी गर्दै सुनसरी देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्जमा  साउन १० गतेदेखि भएको घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाएका छन् ।

Esewa
Crest

नेपाली समाज सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावमा रहँदै आएको स्मरण गराउँदै विज्ञप्तीमा कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गरिएको छ । ‘धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्बद्ध पक्षहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री शाह नेतृत्वको मन्त्री परिषदमा रहेका उनी स्वयम्, शिक्षामन्त्री सस्मित पोखरेल, गृहमन्त्री सुदन गुरूङ, भाैतिकपूर्वाधार मन्त्री सुनिल लम्साल, जलश्रोत तथा उर्जामन्त्री विराजभक्त श्रेष्ठ लगायतका मन्त्रीहरू औपचारिक सरकारी माध्यमबाट भन्दा पनि सामाजिक सञ्जालबाट सरकारी सन्देश प्रवाह गर्न हाैंसिन्छन्। तर अहिले सुनसरीको तनावपूर्ण अवस्थामा सामाजिक सदभाव कायम गर्न आग्रह सहित सन्देश जारी गर्न भने प्रधानमन्त्री शाहले चासो लिएका छैनन् ।

गत आइतबार राति साउने सोमबारको मेलाका लागि कोशी ब्यारेजतर्फ डिजे बाजागाजा सहित जाँदै गरेको समूह र बाटोमा पर्ने बस्तीका बासिन्दाबीच भनाभनपछि झडप भएको थियो। झपड नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग गर्दा १ जनाको मृत्यु र २२ जना घाइते भएका छन्।

सुनसरीको स्थिति अझैसम्म पनि तनावपूर्ण नै छ। गाउँभित्र भएको विवादको आगो सल्किंदै गएर अहिले सुनसरी जिल्लाभर फैलिएको छ। सुनसनरी जिल्ला प्रशासन कार्यालयले अवस्था सामान्य नहुँदासम्मका लागि कोशी ब्यारेजको सीमासम्म नै पूर्वपश्चिम राजमार्ग समेतमा कर्फ्यू आदेश जारी गरेको छ।

सरकारले गृह मन्त्रालयको कमजोर नियन्त्रण ढाकछोप गर्ने प्रयास जारी राख्दै सुनसरीको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र प्रहरी कार्यालय प्रमुख  केशव थेवेको सरूवा गरेको छ। उनीहरूको सरूवापछि अवस्था झनै तनावपूर्ण बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS