काठमाडौं । बीमा ऐन र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडाैं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा अभियुक्त बनाइएका व्यवसायी शेखर गोल्छासँग अदालतले धराैटी मागेको छ।
मंगलबार जिल्ला अदालतमा भएको गोल्छाविरूद्धको थुनछेकको बहसपछि न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले १ करोड रूपैयाँ धराैटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले बीमा सम्बन्धी कसूरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रूपैयाँ सहित एक करोड रुपैयाँ धरौटी मागेको हो ।
यसअघि सोही मुद्दामा दीपक भट्ट र शुलभ अग्रवालसँग पनि धरौटी माग गरिएको थियो। यसै अदालतले बीमा कसुरमा अग्रवालसँग २ करोड रूपैयाँ र भट्टसँग १ करोड ५० लाख रूपैयाँ तथा धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग २ करोड ३० लाख रूपैयाँ र भट्टसँग १ करोड रुपैयाँ धरौटी मागेको थियो।
| ०८२-C२-००८८ (३९-०८२-३३३८४) |
२०८३-०२-२८ | बीमा ऐन २०७९ अन्तर्गतको कसूर | नेपाल बीमा प्राधिकरण कुपण्डोल ललितपुरको पत्र | दिपक कुमार श्रेष्ठ समेत ४२ जना | मुद्दा फाटँ १३ (विशेष) | वयान | आदेश >> धरौटी माग गर्ने | ||
| ०८२-C२-००९१ (३९-०८२-३३५२१) |
२०८३-०२-२८ | धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूर | नेपाल धितोपत्र बोर्ड खुुमल्टार ललितपुरको पत्र | नेपाल माईक्रो इन्स्योरेन्स लि. को लगानी समिति सदस्य सुजल मल्ल समेत ८१ जना | ” ” | आदेश >> धरौटी माग गर्ने |
सरकारले जेठ २८ गते दायर गरेको यी दुबै मुद्दाका अभियुक्तहरू विरूद्धको थुनछेकको बहसपछि असार ३२ गतेदेखि जिल्ला अदालतले धमाधम एक पछि अर्को गर्दै अभियुक्तहरूसँग धराैटी मागेर रिहा गर्ने आदेश जारी गरिरहेको छ।
हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्ष पदमा रहेका बेला पदीय दुरूपयोग गरेर कम्पनीको शेयर लगानीवापतको रकम अपचलन गरेको, शेयर कारोबामा अवैधरूपमा लगानीको स्वीकृति दिएको लगायतको अभियोगमा उनीविरूद्ध मुद्दा दायर गरिएपछि पक्राउ परेका थिए ।












