IME Life New

हिमालयन लघुवित्तमा ३२ जना कर्मचारी माग, अनलाइनबाट आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। संस्थाले बैंकिङ सहायक (फिल्ड सहायक) पदमा ३३ जना प्रशिक्षार्थी कर्मचारी नियुक्त गर्न आवेदन आह्वान गरेको हो।

आवेदकले न्यूनतम एसईई (एसएलसी) उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै मोटरसाइकल वा स्कुटर चलाउन सक्ने तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ। ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक, इमान्दार र मेहनती उम्मेदवारले आवेदन दिन सक्नेछन्।

Esewa
Crest

कसरी आवेदन दिने?
इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित http://himalayanlaghubitta.rigojobs.com मा गई अनलाइन आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मितिः सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र।
संस्थाले तलब, सेवा–सुविधा तथा अन्य व्यवस्था संस्थाको नियमअनुसार हुने जनाएको छ। कुनै किसिमको व्यक्तिगत सम्पर्क वा दबाब दिएमा आवेदन स्वतः रद्द हुन सक्ने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS