IME Life New

नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल मेडिकल कलेजमा १५ दिने च्यारिटी स्पोर्ट्स फेस्ट सुरु भएको छ । शुक्रबार कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले म्याराथुनको उद्घाटन गर्दै २ सातासम्म हुने च्यारिटी स्पोर्ट्स फेस्टको सुरुवात गरिन् ।

म्याराथुनमा पुरूष तर्फ अजय क्षेत्री प्रथम हुँदा सुमन तामाङ दोस्रो र मनिष ऐर तेस्रो भए । महिला तर्फ सन्ध्या पौडेल प्रथम हुँदा क्रमशः रोशीका बैद्य र दर्शिता भण्डारी दोस्रो र तेस्रो भए । उनीहरूलाई कलेजकी प्रबन्ध निर्देशक डा.सबिहा यासमिनले मेडल तथा प्रमाणपत्र वितरण गरे ।

Esewa
Crest

सो अवसरमा बोल्दै प्रबन्ध निर्देशक डा.  यासमिनले विद्यार्थीहरुलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न खेलकूद महत्वपूर्ण रहेको बताउँदै कार्यक्रमले विद्यार्थी, फ्याकल्टी, नर्स तथा कर्मचारीहरु विच सुमधुर सम्बन्ध स्थापित गर्न टेवा पुग्ने बताइन् । विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा उजागर गर्न र उनीहरुको अध्यापन तथा अतिरिक्त कृयाकलापमा सहयोग पुर्याउन कलेज प्रशासन सदैव साथ रहने उनको प्रतिबद्धता छ ।

स्वास्थ्य तर्फ हाम्रो प्रयास (OATH) सँगको सहकार्यमा भइरहेको च्यारिटी स्पोर्ट्स फेस्टमा एमविविएस, विडिएस, विएस्सी नर्सिङका विद्यार्थीहरु, फ्याकल्टी तथा स्टाफहरुको उल्लेखनीय सहभागीता रहेको छ । विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै आर्थिक अभावसँग जुधिरहेका बिरामीहरुलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी स्पोर्ट्स फेस्ट आयोजना गरिएको हो ।

स्पोर्ट्स फेस्टमा फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस, म्याराथन, स्प्रिन्ट, डोरी तान्ने खेल, पब्जी लगायतका प्रतियोगिताहरु हुने स्वास्थ्य तर्फ हाम्रो प्रयासकी अध्यक्ष डा। असिमा गौतमले बताइन् । कार्यक्रममा कलेजकी निर्देशक डा। नुसरत जहाँ अन्सारी, अस्पताल निर्देशक प्रा।डा। निलमणी उपाध्याय,  फ्याकल्टी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS