IME Life New

मेटलाइफ फाउन्डेशनद्वारा नेपालका गैर–सरकारी संस्थालाई अनुदान प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ फाउन्डेशनले आफ्नो कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राम ९सीआईजीपी० का नयाँ लाभग्राहीहरूको घोषणा गरेको छ । यस कार्यक्रममार्फत मेटलाइफ फाउन्डेशनले नेपालसहित विभिन्न देशका गैर नाफामुखी संस्थाहरूलाई कुल ६.५ मिलियन अमेरिकी डलर सहयोग प्रदान गर्दैछ । यस कार्यक्रमले समुदायका आधारभूत आवश्यकताहरू सम्बोधन गर्ने संस्थाहरूलाई समर्थन गर्दछ । महत्वपूर्ण समस्याहरू समाधान गर्दै, मानिसहरूले आफ्नो आर्थिक स्वास्थ्य र दिगोपन निर्माण गर्न आवश्यक सेवा र स्रोतहरू उपलब्ध गराउने संस्थाहरूलाई सहयोग प्रदान गरिन्छ । यसले मेटलाइफ र मेटलाइफ फाउन्डेशनको समुदायलाई आत्मविश्वासका साथ अगाडि बढ्न र अवसरहरूमा पहुँच बढाउन मद्दत गर्ने दीर्घकालीन प्रतिबद्धतालाई झल्काउँछ ।

सन् २०२३ मा सुरु गरिएको यो कार्यक्रम सन् २०२५ मा विश्वव्यापी रूपमा विस्तार गरिएको हो । यसले खाद्य सुरक्षा, मानसिक स्वास्थ्य तथा समग्र कल्याण, वातावरणीय दिगोपन, र सशक्त समुदाय निर्माणमा केन्द्रित समाधानहरू प्रदान गर्ने संस्थाहरूलाई सहयोग गर्दछ । यस वर्ष, विश्वभरका १०० भन्दा बढी संस्थाहरूलाई अनुदान प्रदान गरिएको छ, जसमा नेपालका निम्न संस्थाहरू पनि समावेश छन्ः

Esewa
Crest

सोलुखुम्बुको सोलुचामको Awake परियोजनालाई दुई वर्षका लागि १,१०,००० अमेरिकी डलर अनुदान प्रदान गरिएको छ । यस परियोजनामार्फत सोलुखुम्बुका ३,००० भन्दा बढी व्यक्तिहरूलाई वातावरणसम्बन्धी तालिम प्रदान गरिनेछ, जसमा फोहोर व्यवस्थापन, वृक्षारोपण, तथा पानी, सरसफाइ र स्वच्छता सम्बन्धी कार्यक्रमहरू समावेश छन् ।

सोसेक नेपालको सेफ कार्यक्रमलाई दुई वर्षका लागि १,९०,००० अमेरिकी डलर सहयोग प्रदान गरिएको छ । यस कार्यक्रमले किसान, युवा र साना व्यवसायहरूका लागि दीर्घकालीन खाद्य सुरक्षा सुदृढ बनाउन सुधारिएको कृषि अभ्यास, सीप विकास, आर्थिक दिगोपन र स्वास्थ्य सेवाको एकीकरणमार्फत सहयोग पु-याउनेछ ।

मेटलाइफ फाउन्डेशनकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत र मेटलाइफमा कर्पोरेट गिभिङ तथा कर्मचारी स्वयंसेवा प्रमुख टिया होजेसले भनिन, “कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राममार्फत, मेटलाइफ फाउन्डेशनले व्यक्तिहरू र समुदायको समग्र कल्याण सुधार गर्ने संस्थाहरूमा लगानी गरिरहेको छ । हामी मिलेर व्यक्ति र परिवारलाई चुनौतीहरू पार गर्न र अझ स्थिर तथा सक्षम बन्न सहयोग गर्दैछौं ।”

अघिल्ला वर्षहरूजस्तै, यस पटक पनि मेटलाइफका कर्मचारीहरूले अनुदान छनोट प्रक्रियामा सहभागिता जनाउँदै विभिन्न संस्थाहरूबाट प्राप्त आवेदनहरूको समीक्षा गरेका थिए । कार्यक्रम सुरु भएदेखि हालसम्म, २०७ संस्थाहरूलाई ९ मिलियन अमेरिकी डलरभन्दा बढी अनुदान प्रदान गरिएको छ, जसबाट अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्यपूर्वका १.६ मिलियनभन्दा बढी मानिस लाभान्वित भएका छन् ।

यो कार्यक्रम मेटलाइफ फाउन्डेशनको समावेशी आर्थिक अवसर विस्तार, आर्थिक स्वास्थ्य प्रवद्र्धन, र मेटलाइफ सञ्चालन भएका समुदायहरूलाई सशक्त र दिगो बनाउन सहयोग गर्ने व्यापक प्रतिबद्धताको महत्वपूर्ण हिस्सा हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS