IME Life New

सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, यी ३ तरिकाबाट नतिजा हेर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । उक्त कम्पनीको आइपीओ आज दिउँसो बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले बाँडफाँड गरेको हो।

कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २५ लाख ३६ जनाले आवेदन दिएका थिए । जसमध्ये २४ लाख ७१ हजार ७ जनाको आवेदन मात्र योग्य भएको छ ।

Esewa
Crest

माग भन्दा बढीको आवेदन परेकोले उक्त आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जस अनुसार ८ लाख २० हजार जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ ।

आईपीओको नतिजा भने केही समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट https://nabilinvest.com.np/

मेरो शेयरबाट https://meroshare.cdsc.com.np/#/login बाट नतिजा हेर्न सकिनेछ ।

यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ । सोलु हाइड्रोपावर लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यस कम्पनीमा त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको लगानी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS