IME Life New

२०८४ देखि विद्यालयमा बीमा शिक्षाको तयारी, पाठ्यक्रम मात्रै कि जीवनोपयोगी शीप पनि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको वेबसाइटमा आइतबार एउटा समाचार सामाग्री प्रकाशन गरिएको छ। यो समाचार प्राधिकरणले नियमित झैं गरिरहने गोष्ठी, अन्तरकृया वा छलफल भने थिएन। नेपालको बीमा क्षेत्रमा बीमा जागरणको एउटा नयाँ इतिहास रच्ने योजनाको शिलान्याशको अवसर थियो भन्दा फरक नपर्ला।

अन्तरकृयामा पाठ्यक्रम विकास केन्द्रका अध्यक्ष महानिर्देशक युवराज पौडेलले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न लागेको सन्दर्भमा बीमा शिक्षा सम्बन्धी विषयवस्तुलाई सन्तुलित रूपमा समावेश गरिने जानकारी गराए। उनले परिमार्जित पाठ्यक्रम सबै प्रकृया पुरा भएर आगामी २०८४ सालको शैक्षिक शत्र देखि देशव्यापीरूपमा लागू हुने समेत बताए ।

Esewa
Crest

बीमा साक्षरताका लागि विद्यालय स्तरको पाठ्यक्रममै बीमा समावेश गर्ने योजना प्राधिकरणको दोश्रो पाँच वर्षिय रणनीतिक योजनामा समावेश गरिएको छ। पाठ्यक्रम विकासले राष्ट्रिय आवश्यकतालाई समेत मध्यनजर गर्दै पाठ्यक्रममा बीमा विषयलाई उचित स्थान दिएको अवस्थामा प्राधिकरणको रणनीतिक योजनाले मूर्तरूप प्राप्त गर्नेछ।

अब, सामाजिक अध्ययन विषयको पाठ्यक्रममा समावेश गर्न सकिने बीमा सम्बन्धि विषयवस्तुबारे सुझाव दिने जिम्मेवारी प्राधिकरणको काँधमा आएको छ।

पाठ्यक्रम मात्रै कि जीवनोपयोगी शिप

नेपालको शैक्षिक इतिहासमा धेरै पटक पाठ्यक्रम परिवर्तन भए, तर व्यवहारिक र वित्तीय साक्षरताका विषयहरू सधैँ ओझेलमा परे। विसं २०८४ देखि विद्यालय तहको पाठ्यक्रममा बीमा सम्बन्धी विषयवस्तु समावेश गरिने घोषणाले एउटा आशा जगाएको छ । यो पाठ्यक्रममा नयाँ विषय थपिएको मात्र नभएर, नेपाली समाजको आर्थिक सुरक्षाको दीर्घकालीन जगका रूपमा हेर्नु आवश्यक छ।

नेपाली समाजमा अझै पनि बीमालाई खर्च वा अभिकर्ताको व्यक्तिगत कमाइको व्यापारका रूपमा हेर्ने संकीर्ण सोच व्याप्त छ। जब विद्यार्थीले विद्यालय स्तरबाटै बीमाको आधारभूत सिद्धान्त बुझ्छन्, तब मात्र जोखिम व्यवस्थापन भविष्यमा आइपर्ने भवितव्यलाई आर्थिक रूपमा कसरी न्यूनीकरण गर्ने भन्ने चेतना विकास हुन्छ।सानै उमेरदेखि बचत र सुरक्षाको महत्त्व बुझ्दा आर्थिक निर्णयहरू परिपक्व हुन्छन्। सामाजिक सुरक्षा राज्यले दिने सुरक्षा बाहेक व्यक्तिगत र पारिवारिक सुरक्षाको महत्त्व स्थापित हुन्छ।

२०८४ को लक्ष्य र कार्यान्वयनको चुनौतीः

घोषणा हुनु आफैँमा सकारात्मक छ, तर यसको सफल कार्यान्वयनका लागि केही गम्भीर प्रश्नहरू अझै बाँकी छन् । के हाम्रा शिक्षकहरू बीमा जस्तो प्राविधिक विषय पढाउन दक्ष छन् । शिक्षकहरूलाई तालिम र स्पष्ट मार्गनिर्देशन बिना यो पाठ्यक्रम बोझ मात्र बन्न सक्छ।

नेपाल बीमा प्राधिकरणले सबै बीमकलाई अझै स्पष्ट र कार्यविधि सहितको निर्देशन जारी गर्दै तोकिएका जिल्लाको विद्यालयका शिक्षकलाई बीमा सहजरूपमा बुझाउने, शिप सिकाउने तालिमको अवसर दिलाउने वातावरण बनाउनुपर्छ। पाठ्यक्रम तयारीको प्रकृया पुरा हुँदै गर्दा यता बीमकले गाउँ गाउँमा बीमाबारे बुझाउन सक्ने क्षमता भएका शैक्षिक जनशक्ति तयार पारिसक्नेछ्न् । नभए माथि भनिए झैं पाठ्यक्रम वार्षिक परिक्षाफलमा अंक प्राप्त गर्ने एउटा विषयमा मात्र सीमित हुनेछ।

बीमालाई सिद्धान्तमा मात्र सीमित नराखी कुनै व्यवहारिक अवस्थामा जोडेर अध्ययन अनुसन्धानमा आधारित बनाउनु पर्छ। शहरी क्षेत्रका विद्यार्थीले डिजिटल माध्यमबाट बीमा बुझ्लान् । तर ग्रामीण भेगका विद्यार्थीका लागि यसलाई कसरी सान्दर्भिक बनाउने भन्ने चुनौती पनि छ।

एक दशक पछिको समाजः

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक पाैडेलले जानकारी दिए झैं २०८४ साल देखि यो पाठ्यक्रम प्रभावकारी रूपमा लागू भयो भने, त्यसको एक दशकपछि हामीले बीमाबारे जानकार पुस्ता पाउनेछौँ  ।

नयाँ पुस्ताले स्वास्थ्य बीमाको बुझाइका कारण अस्पतालको बिल तिर्न ऋणको जोहो गर्नुपर्ने छैन । बाली बीमाको चेतनाले खेतीपातीमा हुने नोक्सानीबाट किसानका छोराछोरीले पढाइ छोड्नु पर्ने छैन। बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव हट्नेछ।

२०८४ देखि विद्यार्थीले बीमाबारे अध्ययन गर्ने अवसर पाउनु भनेको नेपालको शिक्षा प्रणाली परम्परागतबाट व्यवसायिक तर्फ मोडिनु हो। यो केवल एउटा समाचार होइन, बरु भोलिको सुरक्षित नेपालको खाका हो। यसको सफलता पाठ्यक्रमको डिजाइन र शिक्षकको बुझाइमा निर्भर रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS