IME Life New

पोखरा फाइनान्स र स्टार बोस कफीबीच छुट सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा फाइनान्स लि. र स्टार बोस कफी बीच पोखरा फाइनान्सका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् पोखरा फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोगकर्ताहरुले स्टार बोस कफीको काठमाडौं उपत्यका भित्र रहेका आउटलेटहरुमा विशेष छुट प्राप्त गर्नेछन् ।

कफी बोसबाट प्रदान गरिने सम्पूर्ण पदार्थहरुमा १० प्रतिशत छुट पाइने फाइनान्सले जनाएको छ । फाइनान्सका ग्राहकहरुलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न र उनीहरुलाई थप सेवा सुवधा प्रदान गर्न यो सहकार्य गरिएको बताइएको छ ।

Esewa
Crest

ग्राहकले बिल भुक्तानी गर्ने क्रममा मञ्जुश्री फाइनान्सको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेको पुष्टि गरेर यो छुट सहजै लिन सक्नेछन् । आगामी दिनहरूमा पनि ग्राहकहरूको हितलाई ध्यानमा राख्दै यस्ता विभिन्न सहकार्यहरूलाई निरन्तरता दिने फाइनान्सले जनाएको छ ।

पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सिआस्वा लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS