IME Life New

लाभांश पारित गर्न कुथेली बुखरी स्मल हाइड्रोपावरले डाक्यो पुस २९ गते एजीएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले पुस २९ गते, मंगलबार, चौधौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा काठमाडौँ बैङ्क्वेट, प्रालि थापागाउँ, नयाँ बानेश्वरमा दिउँसो साढे २ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विषेश प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

साथै सभाले बैंक वित्तीय संस्थाबाट थप ऋण लिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुकक्लोज गर्दैछ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS