IME Life New

कहिलेसम्म शेयर किन्नेले माउन्टेन इनर्जीको २१.०५२६% लाभांश पाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने मंसिर १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ मंसिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश छन्।

Esewa
Crest

लाभांश अनुमोदन गर्न कम्पनीले मंसिर २९ गते वार्षिक साधारणसभा डाकेको छ। विद्युत नियमन आयोगको स्वीकृतिपछि साधारणसभाको प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

1764134028156

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS