IME Life New

पिपुल्स हाइड्रोपावर नाफामा, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले ६५ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वषृ २०८१।८२ मा कम्पनीले २ करोड ४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीले १८ करोड ३५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १२ करोड ४१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। कम्पनीको सञ्चालन मुनाफा ४७.८८ प्रतिशतले बढेको छ।

चालु वर्षको प्रथम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ३१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युती बिक्री गरेर २७ करोड आम्दानी गरेको थियो। विद्युत बिक्रीको आम्दानी पनि १७.८१ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.८२ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा प्रतिशेयर आम्दानी २.५६ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९२.३३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS