IME Life New

अपी पावरको साढे ४४%ले बढ्यो नाफा, आम्दानीमा पनि बढोत्तरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपी पावर कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अपी पावरले २६ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले १८ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा कम्पनीको नाफा ४४.६१ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्री गरेर ५३ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४७ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी १३.३१ प्रतिशतले बढेको छ।

चालु वर्षको असोजसम्म कम्पनीको सञ्चालन मुनाफा ३९ करोड १२ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.७९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ३९ करोड ४४ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १७.३० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १२.५६ रुपैयाँ थियो। पीई रेसियो १५.६२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११४.७४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS