IME Life New

बुटवल पावर कम्पनीले डाक्यो विशेष साधारणसभा, यस्ता छन् मुख्य दुई अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुटवल पावर कम्पनीले विशेष साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले यही कात्तिक २१ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले मुख्यगरी २ अजेन्डा पारित गर्नेछ। जसमा हिमाल पावर लिमिटेडमा रहेको Statkraft Holdings Singapore pte.ltd. र Eviny AS को सम्पूर्ण शेयर खरिद गर्ने र सो कारोबार सम्पन्न गर्न आवश्यक निर्णय गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ।

यसैगरी सभाले काबेली इनर्जी लिमिटेडमा रहेको कम्पनीको सम्पूर्ण शेयर अरुण काबेली पावर लिमिटेडलाई बिक्री गर्ने र सो कारोबार सम्पन्न गर्नका लागि आवश्यक निर्णय गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS